बैतडीको पञ्चेश्वर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका राम सागर शाह आफैले आफूलाई सातौँ तहमा बढुवा गरेका छन् । शाहले सुदूरपश्चिम प्रदेश सरकारले हालै लागू गरेको स्थानीय सेवा ऐन, २०८१ को विवादास्पद दफा ९ को उपदफा ४ को व्याख्या गर्दै आफ्नै सिफारिसमा आफूलाई सातौँ तहमा पदोन्नति गरेका हुन् ।
पाटन नगरपालिकाको लेखा शाखामा आज दिउँसो तालाबन्दी गरिएको छ । आर्थिक अनियमितता भएको आरोप लगाउँदै नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमा तालाबन्दी गरिएको हो ।