२०८१ कार्तिक ०७ गते बुधबार
ट्रेन्डिङ

रास्वपा सभापती लामिछाने पक्राउको बैतडीमा पनि बिरोध

SansherOnline SansherOnline
आइतबार ०४, कार्तिक २०८१ ०७:१०
रास्वपा सभापती लामिछाने पक्राउको बैतडीमा पनि बिरोध

 

बैतडी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने पक्राउको बैतडीमा पनि बिरोध गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला स्थित १० वटै पालिकाका एक-एक जना प्रतिनिधि आएर जिल्लामा बिरोध कार्यक्रम गरिएको हो । जस अन्र्तगत आज प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई ज्ञापनपत्र बुझाएको राष्ट्रिय स्वतन्त्र पार्टीका विधेयक मन्थन बिभाग केन्द्रिय सदस्य भोजराज जोशी (क्वालीटी) ले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको उहाँको भनाई छ । संसदीय छानविन समितिले समेत सहकारी ठगीमा रवि लामेछानेको प्रत्यक्ष सहभागिता नभएको उल्लेख गरीपनि सरकारले राजनीतिक प्रतिसोध साध्न सभापती लामेछानेलाई पक्राउ गरिएको रास्वपाको आरोप छ । 

देशका ठुला भ्रष्टाचारी र जगन्य अपराधका आरोपितहरुलाई खुलेआम हिड्न दिइरहेको सरकारले नयाँ उदाउदै गरेको दलका सभापतीलाई राजनीतिक प्रतिसोध साध्न पक्राउ गरेको जोशीको भनाई छ । 

आफुहरुका मागमा सरकार जिम्मेवार नभए आगामी दिनमा विरोधका थप कार्यक्रम अगाडी बढाउने समेत उहाँले बताउनुभयो । सपापती पक्राउको विरोधमा रास्वपाले चितवन र काठमाण्डौँ लगायतका ठाउँमा समेत बिरोध गरीरहेको छ । आन्दोलन थप चर्किन नदिन सरकारले कास्कीमा निषेधित क्षेत्र समेत तोकेको छ । निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया