बैतडी : विद्याकी देवी सरस्वतीको बैतडीसहित देशभरी पूजाआजासहित विभिन्न कार्यक्रम गरी पुर्चौडी बहुमुखी क्याम्पसमा पनि मनाइएको छ । पुर्चौडी नगरपालिका (१ स्थित हाटमा स्वतन्त्र विद्यार्थी युनियन पुर्चौडी बहुमुखी क्याम्पसको आयोजनामा बुधबार विद्यार्थी, साहित्यकार, सञ्चारकर्मी लगायतले बिहानै नुहाई धुवाई गरी सरस्वती भगवानको अराधना गरेका थिए ।
विद्यालयहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरेक थिए । बुधबार पुर्चौडी बहुमुखी क्याम्पसमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको थियो ।
यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
प्रतिक्रिया