२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

जिल्ला समन्वय समिति बैतडीले थाल्यो विकास निर्माणको अनुगमन (फोटो फिचर)

SansherOnline SansherOnline
सोमबार १४, जेठ २०८१ ०९:२४
जिल्ला समन्वय समिति बैतडीले थाल्यो विकास निर्माणको अनुगमन (फोटो फिचर)

बैतडी : जिल्ला समन्वय समति बैतडीले प्रदेस, केन्द्र र स्थानियततह द्धारा संचालित योजनाहरुको अनुगमन सुरु गरेको छ । विकास निर्माणका योजनाहरू तीव्र रूपमा सञ्चालन हुँदा समन्वय समितिले अनुगमनलाई प्राथमिकता दिएको हो । चालु आर्थिक वर्षमा जिल्लाका निर्माणाधिन र निर्माण सम्पन्न भएका योजनाहरुको अनुगमन सुरु गरेको छ । सङ्घीय सरकार, प्रदेश सरकार, मार्फत विनियोजित बजेटका योजनाहरूको प्रगति विवरण बुझ्न अनुगमन गरिएको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिह धामीले बताउनु भयो । योजना निर्माण गर्दा दिगो रस्टमेट अनुसार भए नभएको, कति जनता लभांवित भए, योजनाहरुको गुणस्तर जस्ता कुराहरुको अनुगमन गरिन लागेको जिल्ला समुन्वय समिति बैतडीका  प्रमुख धामीले बतायका छन । 

आईतबारबाट सुरु गरेको अनुगमनमा पाटन नगरपालिका बाट अनुगमन सुरु गरी पञ्चेश्वर, र  शिवनाथ गाउँपालिकामा निर्माणधिन योजनाको अनुगमन गरियको छ ।  जिल्ला समुन्वय समिति बैतडीका सदस्य प्रेम भाटले बताउनु भयो । समुन्वय समिति बैतडीका प्रमुख धामीको नेतृत्वमा उपप्रमुख दमन कुवर अन्य सदस्य र सरोकारवालाहरु सहितको अनुगमन चलिरहेको समुन्वय समिति बैतडीले जनाएको छ । 

 

 

प्रतिक्रिया