बैतडी : बैतडीको सुर्नया गाउँपालिका-७ हासनथलीमा एक मालवाहक गाडी दुर्घटनामा परेको छ। धनगढीबाट बझाङ जाँदै गरेको सुप्र ०१००१ ख २९८४ नम्बरको मेनि ट्रक गाडी आज बिहान ८ बजे करिब १५० मिटर तल खसेको अस्थायी प्रहरी पोस्ट ढोल्यामोडले जनाएको छ।
उक्त गाडी जनक बोहराले चलाइरहेका थिए। दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको ढोल्यामोड अस्थायी प्रहरी पोस्टले जानकारी दिएको छ।
घटनास्थलमा सुरक्षाकर्मी पुगेका छन् भने प्रारम्भिक अनुसन्धान भइरहेको छ। दुर्घटनाकाे कारण तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको ईचाज आनन्द बिष्टले बताएका छन्।
प्रतिक्रिया