बैतडी : सिगास गाउँपालिकाले कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ । चैत २ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको आधारभूत तहको परीक्षामा ४९४ विद्यार्थी सहभागी भएका थिए जसमध्ये ३७७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
पालिकाका अनुसार यस वर्ष २३ वटा सामुदायिक विद्यालयहरूबाट विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । तीमध्ये ६ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याएर उत्कृष्ट प्रदर्शन गरेका छन् ।
शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरूमा उदय मा.वि. चुवाँ गन्सुर, शिव मा.वि. गढतोला, भुवनेश्वरी मा.वि. खैरकोट, भूमिराज स्वामी आ.वि. बेसारा, रण आ.वि. कोटिला र जनचेतना आ.वि. लुपुड रहेका छन् ।
सिगास गाउँपालिकाले विद्यालयहरूको शिक्षात्मक प्रगति सकारात्मक देखिएको र आगामी दिनमा अझ राम्रो नतिजाका लागि योजना निर्माण भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया