बैतडी : बैतडीको सिगाशमा सम्पन्न खुला भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लबले हात पारेको छ। अर्जुन माविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा प्रगतिशिल युवा क्लबले सरस्वती गाउँ सुधार युवा क्लब चामा, डडेल्धुरालाई ३-१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।
प्रतियोगिताको विजेता बनेसँगै प्रगतिशिल युवा क्लबले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक सिगाश सेवा समाजका अध्यक्ष पंकज निगम चन्दले जानकारी दिए। उपविजेता बनेको सरस्वती गाउँ सुधार युवा क्लब चामा, डडेल्धुराले ५,५०० रुपैयाँमा चित्त बुझाएको छ।
त्यस्तै, प्रतियोगितामा आयोजक - Aटोलीले तेस्रो स्थान हासिल गर्दै २,५०० रुपैयाँ पुरस्कार प्राप्त गर्यो। खेलाडीहरूलाई पूर्वमन्त्री तथा राप्रपा केन्द्रीय कार्यसमिति सदस्य जयन्त बहादुर चन्दले पुरस्कार वितरण गर्नुभएको थियो। समापन समारोहमा बोल्दै चन्दले ग्रामीण क्षेत्रमा हुने यस्ता प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने बताउनुभयो।
प्रतिक्रिया