२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

डिलाशैनी गाउँपालिका १ मा कांग्रेस र २ मा एमालेको जीत,गठबन्धन अग्र स्थानमा

SansherOnline SansherOnline
आइतबार ०१, जेठ २०७९ ०७:१८
डिलाशैनी गाउँपालिका १ मा कांग्रेस र २ मा एमालेको जीत,गठबन्धन अग्र स्थानमा

बैतडी। बैतडीको डिलाशैली गाँउपालिका वडा न १ र वडा न २ को अन्तीम मत परिणाम सार्वजनिक भएको छ । 

वडा न १मा नेपाली काग्रेस र वडा न २ मा नेकपा एमालेका उम्मेदवार वडाअध्यक्षमा विजयी भएकाछन् । वडा न १ मा कृष्ण कुमार धामी ७ सय ७० मत सहित विजयी हुदाँ नेकपा(एमाले)का बिरेन्द्र महराले ४सय ९७ मत ल्याएका छन् । 
यसैगरी वडा न।२मा नेकपा(एमाले)का नवराज घरडी ६ सय ४३ मत ल्याइ विजयी हुदाँ कांग्रेसका कृष्ण रानाले ४६९ मत प्राप्त गरेकाछन् । 

गाउँपालिका अध्यक्षमा गठबन्धनका लोकेन्द्र राना शितलले १ हजार २ सय ६४ प्राप्त गरी अग्र स्थानमा छन् भने, एमालेका अक्कल बहादुर रानाले १ हजार १ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि गठबन्धन अगाडी देखिएको छ । जसमा काग्रेसका भगीरथ बोहराले १ हजार २ सय १९ मत ल्याउँदा एमाले उम्मेदवार लिलावती जोशीले १ हजार १ सय ४८ मत ल्याएकाछन् ।

प्रतिक्रिया