बैतडी : राष्ट्रिय स्वतन्त्र पार्टीको बैतडी जिल्लामा पनि कार्यालय उद्घाटन भएको छ । सदरमुकामको शाहीलेक बजारमा आज पार्टी कार्यालय उद्घाटन गरियको हो ।
रास्वपाका जिल्ला सभापति भिम नाथको सभापतित्व र बिधेयक मन्थन बिभाग केन्द्रिय सदस्य भाेज राज जोशीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय समुद्धघाटन गरिएकाे सिगास गाउँपालिकाका सभापति सूर्यबहादुर बोहराले बताए । बिधेयक मन्थन बिभाग केन्द्रिय सदस्य जाेशीले पार्टी कार्यालय उद्घाटन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला कार्यालय शाहीलेक बजार स्थित पुरानो निकाे हस्पिटलकाे माथिल्लाे तलामा राखिएकाे सभापति बोहराले जानकारी दिए ।
कार्यक्रममा जिल्ला सचीव हरिस जोशी सिगास गाउँपालिका सभापति सूर्यबहादुर बोहरा,दशरथचन्द नगरपालिका सभापती रोशन ठगुन्ना,पुर्चौडी सभापति बसन्त राज जोशी मेलौली उप- सभापति कृष्ण ओझा,पाटन उप सभापति भरत बिस्ट लगायत रास्वपाका नेताहरुको उपस्थिति थियो ।
पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बाेल्दै नेता जाेशीले रास्वपाले अब निरन्तर जनताको काममा सहयोग गरि जनताका मुद्दाहरु उठाउनु पर्ने र संगठन बिस्तारमा जोड दिई अगाडि बढ्ने बताए ।
यस्तै दशैं तिहार आउदै गर्दा बजारमा मूल्य वृद्धि खाद्यान्न अनुगमन र अराजक गतिविधि रोक्न र सुरक्षा ब्यवस्थापनमा ध्यान दिनु पर्ने भन्दै रास्वपा बैतडीले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बिधेयक मन्थन बिभाग केन्द्रिय सदस्य जोशी, जिल्ला संयोजक भिम नाथ,सिगास गाउँपालिका सभापति सूर्यबहादुर बोहरा लगायतका नेताहरुले पत्र बुझाएका थिए ।
प्रतिक्रिया