२०८२ बैशाख १३ गते शनिबार
ट्रेन्डिङ

बैतडीको सिगासमा खुला भलिबल प्रतियोगिता सुरु, पहिलो दिनका खेलहरू सम्पन्न

SansherOnline SansherOnline
शुक्रबार २३, फागुन २०८१ ०७:४२
बैतडीको सिगासमा खुला भलिबल प्रतियोगिता सुरु, पहिलो दिनका खेलहरू सम्पन्न

बैतडी : बैतडीको सिगास गाउँपालिकामा आजदेखि खुला भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता गाँजरी स्थित अर्जुन माविको खेलमैदानमा उद्घाटन समारोहसँगै सुरु गरिएको हो।

उद्घाटन खेलमा PYC ले आयोजक -C लाई २-० को सोझो सेटमा पराजित गर्दै विजयी यात्रा सुरु गर्यो।त्यस्तै, रिमापुर प्रगतिशील युवा क्लबले सिगाश-९ को बचपानीलाई २-० को सेटमा पराजित गर्‍यो। अर्को खेलमा चामाले सिगाश-१ को ईरनालाई सोझो २-० को सेटमा हरायो।

आजकै खेल अन्तर्गत कोटिलाले लेकमलाई २-१ को रोमाञ्चक सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्‍यो। सिगाश सेवा समाजकाे आयाेजनामा सुरू भएको प्रतियोगितामा १० टिमकाे सहभागीता रहेकाे छ ।

भाेलि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५,००० हजार ,उपविजेताले ५,५०० पुरस्कार पाउने महेन्द्र घामीले जानकारी दिनुभयाे । यस्तै तृतीय पुरस्कार २,५०० दिइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया