२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ
कक्षा १२ का विद्यार्थीलाई बिदाइ

त्रिनगर कलेजले गर्यो कक्षा १२ का विद्यार्थीको बिदाइ

SansherOnline SansherOnline
सोमबार २६, बैशाख २०७९ ०६:४३
त्रिनगर कलेजले गर्यो कक्षा १२ का विद्यार्थीको बिदाइ


आशिस माल बैतडी । धनगढी उप महानगरपालिका १ एलचौकमा रहेको त्रिनगर कलेजले सोमबार कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरिएको छ ।

कक्षा ११ को आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रेम बिसिले विद्यालयले गरेको मार्ग दर्शनले जीवन निर्माण हुने बताएका छन ।

जहाँ पुगे पनि विद्यालय जीवनको शैक्षिक प्रगति सधैं स्मरणीय रहने भन्दै बिशिले त्रिनगर कलेजले विद्यार्थीलाई दिएको वातावरण उदाहरणीय रहेको बताए ।

बिसिले एलनचौक भित्रकै एक उत्कृष्ट विद्यालयका रूपमा त्रिनगर कलेज लाई आफूले हेरेको बताए । उनले त्रिनगर कलेजका विद्यार्थीको क्षमताबाट आफू प्रभावित भएको पनि बताए ।

कक्षा ११ का छात्र आकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक भुपाल सिह खड्का, शिक्षक नेत्र कठायत, कानुन संकायका शिक्षक सुदर्शन प्रसाईं,ओम जोशी,निर्मल सुबेधी,कमल बम, लगायत प्राबी मा.बिका सम्पुर्ण शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

कक्षा १२ का तर्फबाट बम बहादुर बिस्वकर्मले कार्यक्रम मा बोल्दै कक्षा ११ देखी १२ कक्षा सम्म हामी यो बिद्यालयमा सिकेका हरेक क्रियाकलाप लगायत गुरु हरुले दिएको शिक्षाले अगामी दिन मा हरेक ठाउँ यो शिक्षा प्रस्तुत गर्दै अगाडि बड्ने बताएका छ्न । कलेजमा सांस्कृतिक प्रस्तुतिहरुसमेत प्रस्तुत गरेको थियो । कार्यक्रमको सञ्चालन कक्षा ११ का कानुन संकायका  मंगल धामी, सिर्जना तिमलसेना, दीपक बमले गरेका थिए।

प्रतिक्रिया