राधा बोहरा, बैतडी ः ११ जेठ( बैतडीको गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पस अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको शैक्षिक भ्रमण सम्पन्न भएको छ । स्ववियुले शनिबार गोठलापानीबाट दार्चुला बैतडीको सिमानामा रहेको चलेलीया ड्यामसाइड सम्मको शैक्षिक भ्रमण आयोजना गरेको थियो । विद्यार्थीहरुले चमेलीया विद्युतगृहका साथै डुयाम साइड र चमेलीया नदी वरीपरिको अवलोक तथा त्यहाँको भुगोलका बारेमा अवलोकन गरेको स्ववियु सभापती रोशन भट्टले बताउनुभयो ।
भ्रमणमा क्याम्पसका विद्यार्थी तथा प्राध्यापकहरुको उपस्थिति रहेको थियो । शैक्षिक भ्रमणले विद्यार्थीहरुलाई केही पाठ्यपुस्तक भन्दा बाहीरको समेत ज्ञान प्राप्त हुने भएकाले भ्रमण आयोजना गरिएको भट्टको भनाई छ ।
शैक्षिक भ्रमणको क्रममा विद्यार्थीहरूले जलविद्युत् आयोजनाहरूको कार्यप्रणाली, निर्माण प्रक्रिया, उत्पादन प्रणाली र प्रवाह प्रणालीलगायत विषयमा अध्ययन गरेका थिए ।
प्रतिक्रिया