२०८२ असार २७ गते शुक्रबार
ट्रेन्डिङ
दुर्घटनामा परेको जीप सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

बैतडीमा जीप दुर्घटना : चार जना घाइते,बझाङबाट धनगढी जाँदै थियो जीप

SansherOnline SansherOnline
बिहिबार २६, असार २०८२ ०६:०८
बैतडीमा जीप दुर्घटना : चार जना घाइते,बझाङबाट धनगढी जाँदै थियो जीप

बैतडी : बैतडीको पाटन नगरपालिका - ८ अनारखोलिमा जीप दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन् । बझाङबाट धनगढी जाँदै गरेको से १ ज १००५ नम्बरको बेलोरो जीप बिहीबार अपराह्न करिब ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइते हुनेमा दुर्गाथली गाउँपालिका - ६ बझाङका ३३ वर्षीय लोकेन्द्र महत १३ वर्षीय औजित महत ३० वर्षीय सरस्वती धामी र ४५ वर्षीय ओमजंग कडायत रहेका छन् । उनीहरूको उद्धार गरी अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलाराम पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ३० मिटर तल खसेको थियो । जीपमा चालकसहित पाँच जना सवार थिए । अनियन्त्रित भई जीप सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनापछि चालक रमेश जाग्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया