बैतडी : जयपृथ्वी राजमार्ग अबरुद्ध बनेको छ । बैतडीको नाचन्थली नजिक पहिरो जादा राजमार्ग अबरुद्ध बनेको हो । अहिले सवारी साधनहरु ठप्प छ ।
११:३० बजे सडकमाथिबाट खसेको पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालय पाटनको जेसीबी मेसिन पहिरो गएको स्थानमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यसअघि नै त्यस क्षेत्रको लागि तयारी अवस्थामा राखिएको मेसिन पहिरो पन्छाउने कार्यमा रहेको छ ।
प्रतिक्रिया