२०८२ साउन ०१ गते बुधबार
ट्रेन्डिङ

सुदूर पहाडका नगर प्रमुख र गाउँपालिका अध्यक्ष तथा हाकिम भारत भ्रमणमा किन ?

SansherOnline SansherOnline
मङ्गलबार ३१, असार २०८२ ०४:४३
सुदूर पहाडका  नगर प्रमुख र गाउँपालिका अध्यक्ष तथा हाकिम भारत भ्रमणमा किन ?

गौरब चन्द - बैतडी : सुदूरपश्चिम पहाडी जिल्लाका बैतडी,दार्चुला र डडेल्धुराका स्थानीय तहका नगर प्रमुख र गाउँपालिका अध्यक्ष  प्रमुख प्रशासकीय अधिकृतहरू भारतको हैदराबादमा १० दिने तालिम तथा अवलोकन भ्रमणमा गएका छन् । राष्ट्रिय ग्रामीण विकास तथा पंचायती राज संस्थान हैदराबादमा सुरु भएको तालिममा २७ जना सहभागी छन् । उनीहरूलाई भारतीय दूतावासको समन्वयमा भ्रमणमा लगिएको हो । 

सोमबारदेखि सुरु भएको कार्यक्रममा सहभागीहरूले कृषि दिगो विकास सुशासन र स्थानीय शासनसँग सम्बन्धित विषयमा विशेष सत्र र क्षेत्र अवलोकन गर्नेछन् । भ्रमणमा बैतडीबाट डोगडाकेदार गाउँपालिकाका अध्यक्षबाहेक ९ जना जनप्रतिनिधि दार्चुलाबाट ८ जना , जनप्रतिनिधि र डडेल्धुराबाट ७ जना जनप्रतिनिधि तथा प्रशासकीय अधिकृत सहभागी छन् । 

सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी अजयमेरु गाउँपालिकाका प्रशासकीय अधिकृत जितेन्द्र ओझासहितका कर्मचारीहरु पनी टोलीमा छन् । जुलाई १६ बाट सुरु भएको अवलोकन भ्रमण तथा तालिम जुलाई २४ मा सम्पन हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया