२०८२ असार २८ गते शनिबार
ट्रेन्डिङ

पाटनको ज्ञानेश्वर माविलाई ‘एजुकेशन एक्सिलेन्स अवार्ड

SansherOnline SansherOnline
शनिबार २८, असार २०८२ ११:५४
पाटनको ज्ञानेश्वर माविलाई ‘एजुकेशन एक्सिलेन्स अवार्ड

बैतडी : बैतडीको पाटन नगरपालिका - ९ मा अवस्थित ज्ञानेश्वर माध्यमिक विद्यालयले शैक्षिक उत्कृष्टताका लागि ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२ प्राप्त गरेको छ। शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विद्यालयलाई यो सम्मान प्रदान गरिएको हो ।

काठमाडौँमा शुक्रबार आयोजित विशेष समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालयका प्रधानाध्यापक पुष्प जोशीलाई अवार्ड प्रदान गरेका थिए । अवार्ड प्रदान गर्दै मन्त्री पन्तले ज्ञानेश्वर माविले निजी क्षेत्रको बढ्दो प्रभावबीच सामुदायिक विद्यालयबाटै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेर नयाँ उदाहरण प्रस्तुत गरेको उल्लेख गरे ।

केन्द्रबिन्दु मिडिया प्रालिको आयोजनामा तेस्रो संस्करणको 'केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड' कार्यक्रम सम्पन्न भएको थियो। मिडिया प्रालिका प्रबन्ध निर्देशक विदुर खतेवडाले शैक्षिक क्षेत्रमा सामुदायिक विद्यालयले पुर्‍याएको योगदानलाई सराहना गर्दै आगामी दिनमा यस्ता विद्यालयहरूलाई थप प्रोत्साहन दिइने बताए ।

समारोहमा विशेष शिक्षा सम्मान पत्र मार्फत ज्ञानेश्वर माविले निजीकरणको चुनौती सामना गर्दै उत्कृष्ट शैक्षिक वातावरण निर्माण गरेको प्रमाणित गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया