बैतडी : बैतडी जिल्लाका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतहरू आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गर्दै नयाँ अधिकृत खटाएपछि ती पालिकामा नेतृत्व परिवर्तन हुने भएको हो ।
मन्त्रालयका अनुसार सुर्नया गाउँपालिकामा वसन्तबहादुर धानुक पञ्चेश्वर गाउँपालिकामा दलबहादुर धामी दोगडाकेदार गाउँपालिकामा नरेशराज जोशी र डिलाशैनी गाउँपालिकामा देवराज चौधरी प्रमुख प्रशासकीय अधिकृतका रूपमा आउने भएका छन् ।
नयाँ अधिकृतहरू आउँदा पालिकाको प्रशासनिक सेवा प्रवाहमा थप सुधार आउने जनअपेक्षा छ । यसअघि रहेका अधिकृतहरू अन्यत्र सरुवा भएसँगै नयाँ अधिकृतहरू खटाइएका हुन्।
प्रतिक्रिया