२०८२ असार १५ गते आइतबार
ट्रेन्डिङ

बैतडीका २ हजार २ सय ६ जनाको एसईई परीक्षामा सफलता, उत्तीर्ण दरमा सुधार....

SansherOnline SansherOnline
आइतबार १५, असार २०८२ १०:०२
बैतडीका २ हजार २ सय ६ जनाको एसईई परीक्षामा सफलता, उत्तीर्ण दरमा सुधार....

गौरब चन्द - बैतडी : शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका अनुसार यस वर्ष बैतडी जिल्लाबाट ४ हजार ३०७ विद्यार्थीले एसईई परीक्षा फारम भरेका थिए । तीमध्ये ८९ जना अनुपस्थित रहे भने ४ हजार २ सय १८ जना परीक्षामा सहभागी भएका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्करराज शर्माका अनुसार सहभागीमध्ये २ हजार २ सय ६ जना परीक्षार्थी उत्तीर्ण भएका छन् भने २ हजार १२ जना ननग्रेड (NG) भएका छन् ।

उत्तीर्ण विद्यार्थीहरूलाई जीपीएका आधारमा वर्गीकृत गर्दा ३.६ देखि ४.० कम जीपीए ल्याउने २९ जना ३.२ देखि ३.६ कम जीपीए ल्याउने ३०८ जना २.८ देखि ३.२ कम जीपीए ल्याउने ८६५ जना २.० देखि २.४ कम जीपीए ल्याउने  १३५ जना रहेका सूचना अधिकारी शर्माले बताए ।

यस वर्ष बैतडी जिल्लाका १ सय २८ वटा सामुदायिक तथा ५ वटा संस्थागत विद्यालयका विद्यार्थीहरुले परीक्षा दिएका थिए ।

गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण दरमा सुधार देखिएको छ । गत वर्ष बैतडीमा एसईईमा सहभागी भएका मध्ये मात्र ३१.४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया