२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ
महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीमा आजबाट सुरू

SansherOnline SansherOnline
शनिबार ०३, पुष २०७८ ०१:५६
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीमा आजबाट सुरू

बैतडी । धनगढीमा आजबाट प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू भएको छ। नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा उक्त प्रतियोगिता सञ्चालनमा आएको हो ।

फाप्ला क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रतियोगिताको उद्घाटन गरेका हुन्। पहिलो खेल प्रदेश १ र कर्णाली प्रदेशबीच भइरहेको छ। यस्तै आजै हुने दोस्रो खेलमा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने छ।

आज शनिबारदेखि सुरू भएको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ७ प्रदेश र एक विभागीय गरी ८ टिमको सहभागिता रहेको धनगढीमा रहेका बैतडीका पत्रकार विनोद विष्टले जानकारी दिनुभको छ।

प्रतिक्रिया