२०८२ फागुन १० गते आइतबार
ट्रेन्डिङ
महादेवस्थानका १० जना एमाले कार्यकर्ताले गरे नेकपा प्रवेश

महादेवस्थानका १० जना एमाले कार्यकर्ताले गरे नेकपा प्रवेश

SansherOnline सन्शेर अनलाइन
शनिबार ०९, फागुन २०८२ ०७:१८
महादेवस्थानका १० जना एमाले कार्यकर्ताले गरे नेकपा प्रवेश

९ फागुन, बैतडी- बैतडीको पुचौँडी नगरपालिका– २ महादेवस्थानका १० जना एमाले कार्यकर्ताहरुले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा बैतडीका प्रतिनिधि सभा सदस्य उम्मेदवार परमानन्द भट्ट र नेकपा नेता एवमं संविधान सभा सदस्य नरेन्द्र कुँवर (बिजयसुन्द) ले पार्टी प्रवेश गराएका हुन् । बैतडी कम्युनिष्ट आन्दोलनका संस्थापक नेता परमानन्द भट्टलाई विजयी गराउने अभियान अन्तरगत आफुहरुले नेकपा प्रवेश गरेको नवप्रवेशी जनक बहादुर बोहराले बताउनुभयो । 

एमाले परित्याग गरि जनक बोहरा, प्रेम बोहरा, नरेन्द्र पार्की, बिरेन्द्र बोहरा, लोकेन्द्र धामी, नरसिंह बोहरा, प्रेमसिंह साउद, नर सिं बोहरा, दिनेश बहादुर बोहरा र पुचौँडी नगरपालिका- ३ न्वादेउका जय बहादुर बोहरा, बिरजित धामी लगायतले नेकपा प्रवेश गरेका हुन् ।  

प्रतिक्रिया