२०८२ माघ २६ गते आइतबार
ट्रेन्डिङ
पुचौँडीको भटनाका आधा दर्जन एमाले नेता नेकपामा प्रवेश

पुचौँडीको भटनाका आधा दर्जन एमाले नेता नेकपामा प्रवेश

SansherOnline सन्शेर अनलाइन
शनिबार २५, माघ २०८२ ०९:१६
पुचौँडीको भटनाका आधा दर्जन एमाले नेता नेकपामा प्रवेश

२४ माघ, बैतडी- बैतडीको पुचौँडी नगरपालिकाका– ४ भटनाका आधा दर्जन एमाले नेताहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । बैतडी कम्युनिष्टका साझा उम्मेदवारलाई विजयी गराउन आफुहरु नेकपामा प्रवेश गरेको उनिहरुको भनाई छ । पुचौँडी नगरपालिका– ४ भटनाका उनिहरु वडा कमीटीका पदाधिकारीहरु हुन् । 

उनिहरुलाई पुचौँडी नगरपालिकाका पुर्व नगरप्रमुख एवं नेपाली कम्युनिष्ट पार्टीका प्रदेश उपाध्यक्ष रणबहादुर कुँवरले पार्टी प्रवेश गराएका हुन् । यस्तै दुई जना कांग्रेसका वडास्थित नेताहरुले समेत नेकपा प्रवेश गरेका हुन् । 

एमालेबाट वडा कमिटि सदस्य धनुवा लुहार, गेडे पार्की, नन्ते चुनारा, हरुवा चुनारा लगायतले नेकपा प्रेस गरेका हुन भने नेपाली कांग्रेस परित्याग गरी दल्लो चुनारा र सल्लो चुनाराले पार्टी प्रवेश गरेको नेकपाका प्रदेश उपाध्यक्ष रणबहादुर कुँवरले बताउनुभयो । 

पछाडी पारिएको वर्ग र विपन्न नागरिकको हक हितका लागि लड्ने कम्युनिष्टका साझा उम्मेदवार परमानन्द भट्टनै भएकाले आफुहरुले नेकपा प्रवेश गरेको नवप्रवेशी धनुवा लुहारले बताउनुभयो । 
 

#nekapa # uml #cpnuml

प्रतिक्रिया