२०८२ फागुन ०१ गते शुक्रबार
ट्रेन्डिङ
कांग्रेस वडा सभापती सहित मेलौलीका नौ जनाले गरे नेकपा प्रवेश

कांग्रेस वडा सभापती सहित मेलौलीका नौ जनाले गरे नेकपा प्रवेश

SansherOnline सन्शेर अनलाइन
शुक्रबार ०१, फागुन २०८२ ०६:२२
कांग्रेस वडा सभापती सहित मेलौलीका नौ जनाले गरे नेकपा प्रवेश

१ फागुन बैतडी । नेपाली कांग्रेसका वडा सभापती सहित मेलौली नगरपालिका– ६ का नौ जना नेपाली कांग्रेस र एमालेका कार्यकर्ताहरुले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार परमानन्द भट्टलाई विजयी गराउने अभियानमा सहभागी हुँदै उनिहरुले नेकपा प्रवेश गरेका हुन् । 

नेपाली कांग्रेस मेलौली वडा नं. ४ का वडा सभापती लालमणी भट्ट लगायत नेपाली कांग्रेसका कार्यकर्ता हरिदत्त ओझा, गोपालदत्त भट्ट, दशरथ भट्ट र चिले लुहार लगायतका नेपाली कांग्रेससंग आवद्ध नेता कार्यकर्ताहरु नेकपा प्रवेश गरेको जनाईएको छ । यस्तै नेकपा एमालेका सकुन्तोला भट्ट, कैलाश भट्ट र हदित्त भट्ट लगायतले नेकपा प्रवेश गरेका हुन् । 

कम्युनिष्टका साझा उम्मेदवार परमानन्द भट्ट, नेकपाका नेता नरेन्द्र कुँवर (विजयसुन्दर), प्रेम प्रकाश भट्ट र माया भट्ट लगायतका नेताहरुले उनिहरुलाई पार्टी प्रवेश गराएका हुन् । पछिल्लो समय बैतडीमा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गर्दै नेकपा प्रवेश गर्नेहरुको संख्या बढीरहेको छ । 

प्रतिक्रिया