२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ
बार्षिकोत्सव सम्पन्न

श्रीकोट बहुमुखी क्याम्पसको १०औँ बार्षिकोत्सव सम्पन्न

SansherOnline sansheronline.com
बुधबार १७, फागुन २०७९ ०९:१९
श्रीकोट बहुमुखी क्याम्पसको १०औँ बार्षिकोत्सव सम्पन्न


बैतडीको दोगडाकेदार गाउँपालिका वडा न ३ स्थीत श्रीकोट बहुमुखी क्याम्पसको १०औँ वार्षिकोत्सव समारोह विभिद सांस्कृतिक कार्यक्रमहरुका साथ सम्पन्न भएको छ । 

क्याम्पस संचालक समिती अध्यक्ष जयदेव जोशीको अध्यक्षतामा आयाजना भएको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की प्रमुख अतिथी रहेका थिए । 

कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष कार्कीले क्याम्पसको विकासका लागि गाउँपालिकाले विगतदेखी भुमिका खेल्दै आएको बताए । उनले विगतका बर्षहरुमा पनि भौतिक पुर्वाधार निर्माण देखी क्याम्पसको शैक्षीक विकासमा सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने बताए ।  अध्यक्ष कार्कीले सबै नागरिक शिक्षीत हुनुुपर्नेमा जोड दिए । 
वार्षिकोत्सव समारोहमा क्याम्पस प्रमुख दानसिंह कार्कीले १करोड २५लाख ८१ हजार रकम बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

प्रतिक्रिया