२०८३ जेठ २६ गते मङ्गलबार
ट्रेन्डिङ

निर्माणका लागि खनिएको खाल्डो बन्यो घातक, दुई बालबालिकाको मृत्यु

SansherOnline sansheronline.com
बिहिबार ०३, बैशाख २०८३ ०५:३८
निर्माणका लागि खनिएको खाल्डो बन्यो घातक, दुई बालबालिकाको मृत्यु

बझाङ :  बझाङ जिल्लाको बित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बित्थडचिर गाउँपालिका–१ को माथिल्लो बित्थडस्थित माल्थिलो क्षेत्रमा घर निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूको ज्यान गएको हो।

प्रहरीका अनुसार आज बिहान करिब ११ बजेदेखि हराइरहेका उनीहरूको खोजी गर्ने क्रममा दिउँसो करिब २ बजे सोही खाल्डोमा डुबेको अवस्थामा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक विष्टका अनुसार मृत्यु हुनेमा गगन बोहराका करिब ५ वर्षीय छोरा दिनेश बोहरा र सोही स्थानका सन्तोष बोहराकी करिब ६ वर्षीया छोरी पिन्सा बोहरा रहेका छन्।

स्थानीयवासी र प्रहरीले संयुक्त रूपमा खोजी गरेका थिए। घर निर्माणका लागि खनिएको खाल्डोमा पानी जमेकै कारण उनीहरू डुबेको प्रारम्भिक निष्कर्ष प्रहरीले जनाएको छ।

प्रतिक्रिया