२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
मङ्गलबार ०१, कार्तिक २०७९ ०५:४०
महिला कुस्तीमा सुदूरपश्चिमलाई ५ स्वर्ण

बैतडी – महिला कुस्तीमा सुदूरपश्चिम प्रदेशले पाँच स्वर्ण पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको प्रतियोगितामा सुदूरपश्चिमले एक रजत र एक कांस्य पदक प्राप्त गर्दा सेनाले तीन रजत र दुई कांस्य पदक प्राप्त गरेको छ । सुदूरपश्चिमबाट महिला कुस्तीतर्फ ५० किलो तौल समूहमा दमन्ती बोहरा, ५३ किलो तौल समूहमा मनीषा सिंह, ५५ किलो तौल समूहमा संगीता धामी, ५९ किलो तौल समूहमा कोमल खत्री र ७२ किलो तौल समूहमा हेमा भट्टले स्वर्ण पदक प्राप्त गरेका हुन् । 
त्यसैगरी, नेपाली सेनाबाट ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक प्राप्त गरे ।

प्रतिक्रिया