२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ
विश्व क्षयरोग दिवस सम्बन्धि अन्तरकृया कार्यक्रम

विश्व क्षयरोग दिवस सम्बन्धि अन्तरकृया कार्यक्रम बैतडी मा सम्पन्न

SansherOnline SansherOnline
बिहिबार १०, चैत २०७८ १२:२९
विश्व क्षयरोग दिवस सम्बन्धि अन्तरकृया कार्यक्रम बैतडी मा सम्पन्न

बैतडी । २४ मार्चमा मनाउँदै आइएको विश्व क्षयरोग दिवस बैतडीमा पनि मनाईएको छ ।  स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा बिहीबार आज गोठलापानीमा अनौपचारिक कार्यक्रमका रुपमा मनाएको हो। बिहीबार स्वास्थ्य कार्यालय बैतडीले क्षयरोग नियन्त्रणका लागि पत्रकार सम्मेलनको आयोजना गरी  विश्व क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जिवन बचाऔँ’ भन्ने नाराका साथमा कार्यक्रम सम्पन्न भएको जिल्ला स्वास्थ कार्यालय बैतडीका सुचना अधिकारी हरिस पन्तले जानकारी दिनु भएको छ । 

क्षयरोगका कारण वार्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । बैतडीमा भने गत आर्थिक वर्ष २०७७ र ७८ को तथ्यांक अनुसार ६०२ जना क्षयरोगका बिरामीहरुको संख्या रहेको जनाइएको छ।

क्षयरोगको उपचार सफलता दर ८७.७ प्रतिशत रहेको स्वास्थ्य कार्यालय बैतडीले बताएको छ । पछिल्लो ६ महिनाको अबधिमा बैतडी जम्मा ९२ जना रहेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । यस्तै बैतडीमा १८ महिनाको अबधिमा बाहिरबाट आउने र बैतडीका जम्मा ११७ जना उपचारत रहेका स्वास्थ्य कार्यालयले बैतडीले जनाएको छ । विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन सन् २०२० अनुसार संसारभरी करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पिडित भएको जनाइएको छ । जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका रहेका छन।

प्रतिक्रिया