२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

आलुखेतीबाट मनग्गे आम्दानी गर्दै बैतडी श्रीभावरका किसान

SansherOnline SansherOnline
शनिबार २७, जेठ २०८० ०७:२९
आलुखेतीबाट मनग्गे आम्दानी गर्दै बैतडी श्रीभावरका किसान

बैतडी : बैतडीका किसानहरुले मनग्गे आम्दानी गर्न थालेका छन् । व्यवसायिक आलुखेतीमा लागेका जिल्लाको आलु उत्पदान हुने क्षेत्रका किसानहरु व्यवसायिक आलुखेतीबाट मनग्ने आम्दानी गर्न थालेका हुन् । सिगास ९ लाई आलु उत्पादनका लागि पकेट क्षेत्रका रुपमा लिइएको छ ।

पकेट क्षेत्रका किसानहरुलाई स्थानीय सरकारबाट पनि आलुखेती विस्तारका लागि सहयोग गरिएको  सिगास गाउँपालिका कृषि शाखा प्रमुख रमेश सिंह साउदले बताए । आलुखेतीको पकेट क्षेत्रका किसानहरुलाई  गाउँपालिका तर्फबाट विभिन्न चरणमा प्राविधिक सहयोग गरिएको उनले बताए । उनले भने ‘पकेट क्षेत्रका किसानहरुले आलुखेतीबाटै मनग्गे आम्दानी गरिरहेका छन् । सिजनमा आलुबाट किसानहरुको कमाइ राम्रो रहेको छ ।

श्रीभावर क्षेत्रमा फलेको आलु तराँईका जिल्लाहरुमा पुग्ने गरेको छ । सिजनमा आलुखेतीबाट किसानहरुले लाखौं आम्दानी गर्ने गरेको उनले बताइन् ।  सिगास गाउँपालिका ९ कुडिपातलमा पनि व्यवसायिक आलुखेती गरिरहेको कृषि शाखा प्रमुख साउदले बताए । उनले भने ‘जिल्लाका आलु उत्पादन हुने क्षेत्र मध्ये कुडिपातल पनि प्रमुख क्षेत्र हो । यो क्षेत्रका किसानहरुले आलुबाटै मनग्गे आम्दानी गरिरहेका छन् ।

 

प्रतिक्रिया