बैतडी : बैतडी र आसपासका क्षेत्रमा आज बिहान हल्का वर्षा भएको छ। यो वर्षाले सिँचाइको अभाव झेलिरहेका किसानलाई राहत मिलेको छ। मौसमविद्हरूका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
बैतडीको सिगाश गाँपालिका ९ का वीर बाहादुर खडका भन्छन् धेरै दिनदेखि खेत सुख्खा थियो। आज परेको पानीले सिँचाइको काम गर्यो। यो पानीले बालीनालीलाई फाइदा पुग्नेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
दिउँसो देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्छ। आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसमविद्हरूले बताएका छन्।
प्रतिक्रिया