२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

तरकारीले बजार नपाउँदा बारीमै कुहिन्छ स्थानीय उत्पादन

SansherOnline SansherOnline
सोमबार ११, भदौ २०८० १०:१७
तरकारीले बजार नपाउँदा बारीमै कुहिन्छ स्थानीय उत्पादन

बैतडी :तरकारी खेतीबाट नै जीविकोपार्जन गरिरहेका किसानको तरकारिले उचित मूल्य नपाउदा खेतबारीमा नै कुहिएर नष्ट भएको छ । तरकारी खेती गर्दै आएका बैतडीका अधिकांस ठाउँका किसानहरु अहिले तरकारीले बजार नपाउँदा चिन्तित भएका छन । अहिलेको समयमा पहाडमा बढी तरकारी फल्ने र पहाडबाटै तराई लगायत अन्य ठाउँमा पनि निर्यात हुने हुँदा किसानहरु अरु खेति छोडेर तरकारी खेति गर्दै आएका छन् ।

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका किसानहरुलाई पछिल्ला दिनहरुमा तरकारीले बजार पाउन छाडेपछी लगानी समेत उठाउन धौधौ भएको छ । सधैका वर्षझै आलु, काउली, बन्दा, गोलभेडा लगायतका तरकारी उत्पादन गरे पनि तरकारीले उचित मूल्य नपाउदा किसानहरु निरास भएका छन् ।

अहिले सोचेजस्तो बजार तथा मुल्य नपाउदा खेतबारीमै तरकारी कुहिएर नस्ट भएको बैतडीको सिगास गाउँपालिका ९  चुँवाका कृषक बल्देब महराले बताए । उनले भने, ‘बन्दाको बजार मुल्यभन्दा ढुवानीको भाडा बढी भएकाले बजार सम्म पु¥याउन नसक्दा बारिमै कुहिएर नष्ट भइरहेको छ । तरकारी खेतीबाट घर खर्चसंगै केही बचत पनि हुन्थ्यो तर अहिले लगानी उठाउन पनि गाह्रो भएको छ ।’ तरकारी खेतीबाट केही मुनाफा हुँदा अन्य खेती छोडेर तरकारी खेतीमा होमिएका किसानहरु उत्पादन भएको तरकारी बारिमै नष्ट हुँदा चिन्तित भएका छन् ।

 

प्रतिक्रिया