२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

बैतडीभर अहिलेसम्म ९५ प्रतिशत खेतमा रोपाइँ सकियो

SansherOnline SansherOnline
शनिबार २३, असार २०८० १०:२१
बैतडीभर अहिलेसम्म ९५ प्रतिशत खेतमा रोपाइँ सकियो

बैतडी : बैतडीभर अहिलेसम्म करिब ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बैतडीकाले यही साउन २२ गते सम्म संकलन गरेको अभिलेखअनुसार जिल्लाका धेरै भागमा रोपाइँ सम्पन्न भएको छ

गत आर्थिक वर्षमा बैतडीभर १८ हजार मेट्रिक टन धान फलेकामा अहिले करिब १९ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। 

जिल्लाको पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । 

असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार यहाँ हालसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।

सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि रोपाइँ सम्पन्न भएको भए पनि र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा वर्षापछि हाल रोपाइँ भइरहेको छ । उनले भने, ‘वर्षमा तीन खेती गर्ने बेँसीतिर रोपाइँ गर्न बाँकी रहेको र केही अन्य स्थानमा पछि बाँकी रहेको छ । यो महिनाको अन्तिमसम्म सबै सकन्छि ।’ जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ ।

प्रतिक्रिया