काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १४२ जना नयाँ संक्रमित थपिएका छन् ।
पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७९ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १ हजार ३६९ जना पुगेको छ ।
आज मंगलबार ३८१ जनाको पीसीआर परीक्षण गर्दा ४४ जना र ६९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया