२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

दशरथचन्दको नागार्जुन स्वास्थ्यचौकीमा सुरक्षित प्रसुती सेवा सुचारु

SansherOnline SansherOnline
मङ्गलबार १४, चैत २०७९ ०८:४८
दशरथचन्दको नागार्जुन स्वास्थ्यचौकीमा सुरक्षित प्रसुती सेवा सुचारु

 

बैतडी :  दशरथचन्द नगरपालिका ११ स्थित नागार्जुन स्वास्थ्यचौकीमा सुरक्षित प्रसुती सेवा सुचारु भएको छ । जनशक्तिको अभावमा झण्डै एक बर्षदेखि बन्द रहेको सुरक्षित प्रसुती सेवा नियमित रुपमा सुचारु भएको स्वास्थ्यचौकीका प्रमुख गोपीकृष्ण भण्डारीले बताए । 

नागार्जुन स्वास्थ्यचौकीमा सुरक्षित प्रसुती सेवा बन्द हुँदा त्यहाँ नागरिकलाई समस्या भएको थियो । वडाको स्वास्थ्यचौकीमा सेवा नपाएपछि अन्यत्र जानुपर्ने बाध्यता भएको भन्दै स्थानीयहरुले समेत सेवा सुचारुका लागि दबाब दिएका थिए । 

नागार्जुन स्वास्थ्यचौकीमा केही दिन पहिला प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गर्दा सुरक्षित प्रसुती सेवा बन्द रहेको पाइएको थियो । त्यसपछि दशरथचन्द नगरपालिकाले सो स्वास्थ्यचौकीमा दुईजना अनमी खटाएपछि सुरक्षित प्रसुती सेवा सुचारु भएको स्वास्थ्यचौकी प्रमुख भण्डारीले बताए । 

नागार्जुन स्वास्थ्यचौकीमा अवरुद्ध भएको सुरक्षित प्रसुती सेवा सुचारु भइसकेकाले सेवा लिन समेत स्वास्थ्यचौकीले सबैलाई आग्रह गरेको छ । 

प्रतिक्रिया