२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मेलौलीलाई

SansherOnline SansherOnline
आइतबार १४, फागुन २०७९ ०९:१५
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मेलौलीलाई

बैतडी–बैतडीमा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड उपाधी मेलौली नगरपालिकाले जितेको छ । पाटनमा सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, ६ रजत र ५ कास्यसहित २४ पदक हात पारेको मेलौली उपाधी जितेको हो । 

यस्तै प्रतियोगितामा दोश्रो भएको पाटन नगरपालिकाले ७ स्वर्ण,६ रजत र ८ कास्य गरी २१ पदक हात पारेको छ । यस्तै तेश्रो भएको डिलाशैनी गाउँपालिकाले ५ स्वर्ण, ४ रजत, ३ कास्य गरी १२ पदक जितेको छ । 

प्रतियोगितामा दशरथचन्द नगरपालिकाले १४, पुर्चौंडी नगरपालिका १०, शिवनाथ गाउँपालिका१०, पञ्चेश्वर गाउँपालिकाले ५,सिगास गाउँपालिकाले ४, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकाले २÷२ पदक हात पारेको छ । 

प्रतियोगितामा विजेता पालिकाको टीमलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारी, प्रदेश सभा सदस्य जानकी ऐर बम लगायतले पुस्कार,शिल्ड,ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । 

यही फागुन १२ देखि शुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो । प्रतियोगितामा बैतडीका १० ओटै स्थानीय तहका टीमहरुको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, एथलेटिक्स र छात्रछात्रा कबड्डी सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया