२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता :मेलौलीले पहिलो दिन ८ स्वर्ण जित्यो सरस्वती र मिनले दुई/ दुई स्वर्ण हात पारे

SansherOnline SansherOnline
शुक्रबार १२, फागुन २०७९ ०८:४५
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता :मेलौलीले पहिलो दिन ८ स्वर्ण जित्यो सरस्वती र मिनले दुई/ दुई स्वर्ण हात पारे

बैतडी : बैतडीको मेलौली नगरपालिकाले ८ स्वर्ण पदक हात पारेको छ । शुक्रबार देखी सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति शनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन मेलौलीका खेलाडीहरुले ८ स्वर्ण हात पारेका हुन् ।

छात्र तर्फको सय मिटरको दौडमा मेलौलीका सन्दीप दयालले पहिलो स्वर्ण हात पारे । त्यसपछि छात्रा/छात्र तर्फको तीन हजार मिटरको दौडमा १४ बर्षिय सुमित्रा चन्द र  १५ बर्षिय आयुश

भट्टले स्वर्ण दिलाए । यस्तै मेलौलीकी प्रतिक्षा चन्दले चार सय मिटरको दौडमा प्रथम स्थान हासिल गर्दै स्वर्ण दिलाइन् । 

यसैगरी सटपुट  थ्रो तर्फ छात्र÷छात्रा दुबैमा सरस्वती बिष्ट र मिन सिह ठगुन्नाले प्रथम स्थान हासिल गर्दै स्वर्ण हात पारे । यस्तै मेलौली नगरपालिका कै मिन सिह ठगुन्ना र सरस्वती बिष्टले छात्र छात्रा तर्फको ज्याभलिङ थ्रो मा पनि स्वर्ण हात पार्दै पहिलो दिनको एथ्लेटिक्स तर्फका खेलमा दबदवा कायम गरेको छ । चार सय मिटरको छात्र तर्फ दौठमा योगेश नायक काश्य दिलाए । 

यस्तै पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिकाले एक एक स्वर्ण पदक हात पारेका छन् । पाटनकी बिस्ना अवस्थीले छात्रातर्फको सय मिटरको दौडमा र पञ्चेश्वरका गणेश चन्दले चार सय मिटरको छात्रतर्फको दौडमा स्वर्ण दिलाएका हुन् । पहिलो दिनको प्रतियोगितामा पाटनले तीन कास्य र दुई रजत पदक हात पारको छ ।

डिलाशैनी गाउँपालिकाले तीन रजत र एक काश्य पदक हात पा¥यो । पञ्चेश्वरले एक रजत, शिवनाथले दुई रजत , दोगडाकेदारले एक रजत पदक हात पारे । यस्तै दशरथचन्द नगरपालिका तथा सुर्नया गाउँपालिकाले एक÷एक काश्य पदक जिते । 

शुक्रबारदेखी सञ्चालन भएको जिल्ला स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगिता फागुन १४ गते सम्म सञ्चालन हुने जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया