बैतडी : बैतडीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पाटनमा हुने भएको छ । कृष्ण माविको खेलमैदानमा हुने भएको हो । जिल्ला खलकुद विकास समितिका अनुसार १२ गतेदेखि १४ गतेसम्म
प्रतियोगिता सञ्चालन हुने भएको हो । यसअघि मेलौलीमा हुने भनिएको प्रतियोगिता सबैको पायक पर्ने क्षेत्र पाटन रहेकाले पाटनमै प्रतियोगिता सञ्चालन गर्ने निर्णयमा पुगेको खेलकुद विकास समितिका जिल्ला अध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया