२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

दशरथचन्दमा पहिलो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

SansherOnline SansherOnline
बुधबार ०३, फागुन २०७९ ०८:४६
दशरथचन्दमा पहिलो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा पहिलो पटक आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा सञ्चालन भएको प्रतियोगितामा पालिकाभरीका १९ माध्यमिक विद्यालयको सहभागिता रहेको छ । 

प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्सका खेलहरु भइरहेका दशरथचन्द नगर खेलकुद विकास समितिले जनाएको छ ।  

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई २५ हजार नगदसहित शिल्ड, ट्रफी  र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने विद्यालयलाई १५ हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र, तेश्रो हुनेलाई १० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । यस्तै अनुसाशित टिम र मार्चपासमा प्रथम हुने टिमलाई ५÷५ हजार पुरस्कार दिइनेछ । 

स्थानीयस्तरमा रहेका खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताले सहयोग पुग्ने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए । 

प्रतिक्रिया