२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

सेटिगाउँ बहुमुखी क्याम्पसको सदस्यमा माल बिजय

SansherOnline SansherOnline
बुधबार २५, साउन २०७९ ०७:०६
सेटिगाउँ बहुमुखी क्याम्पसको  सदस्यमा माल बिजय

बैतडी । सेटिगाउँ माद्यमिक विद्यालय ककरपाखा,डिलाशैनी बैतडीको विद्यालय व्यवस्थापन समिती सदस्यमा डिलासैनी गाउँपालिका ६ का स्थानीय दानसिंह माल विजयी भएका छन् । विद्यालय व्यवस्थापन समिती सदस्य चयनका लागि विद्यालयमा बुधबार  सम्पन्न भएको निर्वाचनमा १ सय २४ मतसहित सदस्य पदमा माल विजयी भएका हुन् ।

विद्यालय व्यवस्थापन समितीको सदस्य पदका लागि ७ जनाको उम्मेदवारी परेपछि निर्वाचन प्रक्रिया बाट सदस्य छनोट गरिएको सेटी गाउँ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र जोशिले जानकारी दिनु भएको छ । 
सदस्य छनोटका लागि उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुले आफ्नो मत खसालेका थिए । कूल ४ सय ३ मत खसेकोमा १ सय २४ मतसहित माल सदस्यमा निर्वाचित भएका हुन् । 

 विक्रम संवत् २०१६ सालमा स्थापना भएको सेटिगाउँ माद्यमिक विद्यालयमा हाल १ देखि १२ कक्षासम्म शिक्षा, व्यवस्थापन, विज्ञान संकायका साथै प्राविधिक धारतर्फ कृषि, भेटेरिनरी, वनविज्ञान लगायतका विषयहरु अध्ययन अध्यापन  हुदैँ आएको छ ।


 

प्रतिक्रिया