२०८१ जेठ ०६ गते आइतबार
ट्रेन्डिङ

सिगासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

SansherOnline SansherOnline
शनिबार ०७, पुष २०८० ०४:३५
सिगासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बैतडी : बैतडीको सिगास गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । अर्जुन मावि गाँजरीमा पालिकाको रनिङ शिल्ड शुरु भएको हो । सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीको सभाध्यक्षतामा आयोजना गरिएको उद्घाटन समारोहका प्रमुख अतिथि प्रदेस सभा सदस्य जानकी ऐर बम रहनु भएको थियो ।

उद्घाटन समारोहमा विशिष्ट अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारी रहनु भएको थियो । १५ विद्यालयको सहभागिता रहेको रनिङ सिल्ड प्रतियोगितामा सम्पूर्ण एथलेटिक्स, छात्रछात्रा भलिबल लगायतका खेलहरु खेलाइने छन् ।

 

प्रतिक्रिया