२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

जिल्ला स्तरीय कृषिगणना सचेतना गोष्ठी बैतडीमा सम्पन्न

SansherOnline SansherOnline
मङ्गलबार २२, चैत २०७८ ०३:२५
जिल्ला स्तरीय कृषिगणना सचेतना गोष्ठी बैतडीमा सम्पन्न

आशिष् माल बैतडी । राष्ट्रिय कृषिगणना २०७८ को जिल्ला स्तरीय कृषिगणना सम्वन्धि सचेतना गोष्ठी सम्पन्न भएको छ। जिल्ला कृषि गणना कार्यालय बैतडीको आयोजनामा जिल्ला प्रशासन कार्यालय बैतडीको सभाहलमा सचेतना गोष्ठी सञ्चालन गरिएको हो ।

कृषि गणनाको सार कृषि योजनाको पुर्वाधार भन्ने मुल नाराका साथ राष्ट्रिय कृषि गणना २०७८ लाई सफल पार्न विभिन्न सरोकारवाला सँग गोष्ठी गरिएको कार्यालय प्रमुख सुरेन्द्र प्रसाद पन्तले  बताए ।

खेतीपाती सम्वन्धी विभिन्न जानकारी लिने र कृषक कति छन भन्ने थाहा पाउन कृषि गणक र सुपरिवेक्षकहरुको सटलिष्ट बाहिरी आई सकेको र अवको केही समय पछाडि स्थानीय स्थरमा घरघर गणकहरु जाने भएका छन । 


घरपरिवारले गरेको कृषिकार्यको तथ्यांक संकलन छनोट बिधिमा आधारित रहने पन्तले बताएका छन ।जिल्ला प्रशासन कार्यालय बैतडीको सभाहलमा सञ्चालन भएको कार्यक्रममा जिल्ला कृषिगणना सहजिकरण प्रमुख तथा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पान्डेको अध्यक्षतामा सुरु भएको हो ।

 कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि पत्रकार हरुको  उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय कृषिगणना सम्वन्धि विभिन्न तालिम सचेतना गोष्ठी लगाएत तालिमहरु रहेका छन ।  जिल्ला कृषि गणना कार्यालय प्रमुख सुरेन्द्र प्रसाद पन्तले  गणना सम्वन्धि विस्तृत रुपमा जानकारी प्रस्तुत गर्नु भएको थियो।

प्रतिक्रिया