२०८२ असार ०१ गते आइतबार
ट्रेन्डिङ

टाइफाइड रोग  बिरूद्रको राष्ट्रिय खोप अभियान  तथा पत्रकार अन्तरक्रिया कार्यक्रम बैतडीमा सम्पन्न ।

SansherOnline SansherOnline
सोमबार २१, चैत २०७८ ०३:२७
टाइफाइड रोग  बिरूद्रको राष्ट्रिय खोप अभियान  तथा पत्रकार अन्तरक्रिया कार्यक्रम बैतडीमा सम्पन्न ।

आशिष माल बैतडी । टाइफाइड रोग  बिरूद्रको राष्ट्रिय खोप अभियान  तथा नियमित खोपमा टाइफाइड खोपको शुरूवात चैत्र २५  गते देखि बैशाख १८ गते सम्म बैतडीमा सञ्चालन हुने भएको छ । जनस्वास्थ्य कार्यालय बैतडीले सोमवार पत्रकार संग जिल्ला स्तरिय एक दिने ओरेन्टेसन कार्यक्रमको आयोजना गर्दै चैत्र  २५ गते देखि खोप अभियान सञ्चालन भरहेको जनस्वास्थ्य प्रमुख योगेस प्रसाद भट्ट ले  बताए । टाइफाइड रोग बिरूद्रको राष्ट्रिय खोप अभियान २५ गते देखि बैशाख १८ सम्म खोप बैतडीका ५८६ केन्द्र सञ्चालन हुने भएको छ ।

टाइफाइड रोग बिरूद्रको खोप पहिलो चरणमा १५ महिना देखी २ बर्ष र २ बर्ष देखि १५ बर्ष सम्मका अठहत्तर हजार  बालबालिका लाइ खोप लगाउने लक्ष्य रहेको भट्टले बताए  ।
टाइफाइड रोग बिरूद्रको खोप अभियानको सञ्चालनका लागि सम्मपुर्ण तयारी पुरा भएको बताए । टाइफाईड  रोग बिरूद्रको खोप अभियानका लागि खोप दिने स्वास्थ कर्मी ६२०  जना र १४०० सय  जना स्वास्थ्य स्वयम सेवक परिचालन हुने भएका छन ।

टाइफाइड रोग बिरूद्रको खोप  पहिले देखि खोप सञ्चालनमा रहेका खोप केन्द्र र आवस्यकता अनुसार नगर स्वास्थ्य शाखाले अन्य ठाउँमा समेत खोप लगाउने व्यवस्था मिलाएको प्रमुख भट्टले बताए।

कार्यक्रमका प्रमुख अथिती  जिल्ला समन्वय प्रमुख सिद्ध राज भट्ट बिशिस्ट अथिती प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पान्डे नागरिक समाज, चारै तहका सुरक्षा निकायक प्रमुख, पत्रकार हरुको उपस्थितिरहेको थियो । कार्यक्रम जिल्ला प्रसासन कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।

प्रतिक्रिया