२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

अस्पताल व्यबस्थापन समितिका अध्यक्ष लगायत सदस्यहरुको स्वागत तथा पदभार कार्यक्रम बैतडीमा सम्पन्न

SansherOnline SansherOnline
बुधबार १६, चैत २०७८ ०५:४४
अस्पताल व्यबस्थापन समितिका अध्यक्ष लगायत सदस्यहरुको स्वागत तथा पदभार कार्यक्रम बैतडीमा सम्पन्न

बैतडी । बैतडीका अस्पताल व्यबस्थापन समितिका अध्यक्ष लगायत अन्य सदस्यहरुको स्वागत तथा पदभार कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरि नवनिर्मित अस्पताल भवनमा सपथग्रहण लिएका हुन् ।

कार्यक्रममा सपथग्रहण गराउदै जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपक श्रेष्ठले अस्पतालबाट उपलब्ध हुने सेवा सुबिधामा कुनै कमी नआउने र बन्दा रहेका सेवाहरु पनि छिट्टै सञ्चालनमा  आउने डा. श्रेष्ठले बताउनुभयो । यस्तै अस्पताल व्यबस्थापन समितिका  नवनियुक्त अध्यक्ष पार्वती भट्टको अध्यक्षता एव्म प्रमुख अतिथि जिल्ला अस्पाल बैतडीका प्रमुख डा।दिपक श्रेष्ठ बिशिष्ट अतिथि जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट रहनु भएको थियो ।यस्तै कार्यक्रमा बोल्दै अध्यक्ष भट्टले डडेल्धुरा, महेन्द्रनगर, धनगढी जाने एचए सि.एम.ए अनमि पढ्ने बिद्यार्थीहरुका लागी बैतडीमै ब्यवस्था मिलाईने बताउनुभयो । अधिकांस मानिसहरु अन्यत्र जाने बाध्यता ताड्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो “एकले थुक्दा थुक  सयौंले थुक्दा नदी भने जस्तै सबैको साथ र सहयोगको अपेक्षा गरेकी छु र निष्ठा पुर्वक जिल्ला अस्पताललाई अगाडि बढाउन निरन्तर  लगिपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा नागरिक समाजका अगुवा, स्वास्थ्यकर्मी लगायत पत्रकारहरुको सहभागितामा रहेको थियो ।

प्रतिक्रिया