२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

क्यानको साधारण सभा फागुन १३ र १४ गते धनगढीमा हुने

SansherOnline SansherOnline
शनिबार २२, माघ २०७८ १०:२८
क्यानको साधारण सभा फागुन १३ र १४ गते धनगढीमा हुने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक साधारण सभाकाे मिति ताेकेकाे छ । क्यानले आज शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो फागुन १३ र १४ गते धनगढीको एक होटलमा आयोजना हुने जानकारी दिएको हो ।

सार्वजनिक सूचनामा वार्षिक साधारण सभाका एजेन्डाबारे पनि बताइएको छ । साधारण सभामा वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन, लेखापरीक्षक नियुत्ति, सन् २०२२ को कार्यक्रम र बजेटबारे केन्द्रित हुने क्यानले जनाएको छ ।

यस्तै क्यानको आर्थिक नियमावली र कार्यविधिका साथै नयाँ जिल्ला सङ्घहरूलाई मान्यता दिने र केन्द्रीय समितिमा खाली पदहरूको पदपूर्ति सम्बन्धमा साधारण सभा केन्द्रित हुनेछ ।

कोराना सङ्क्रमणका कारण यस मितिमा भौतिक उपस्थिति हुन नसक्ने अवस्था भए भर्चअल माध्यमबाट भए पनि साधारण सभा आयोजना गरिने सूचनामा उल्लेख छ ।  

#नेपाल क्रिकेट सङ्घ #क्यान

प्रतिक्रिया