२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शनिबार ०२, असार २०८० ०९:१९
अस्पतालको शय्याबाट सरकारलाई पाटन ८ का वडा अध्यक्ष हरिशले के भन्ने त ?

बैतडी : सडक दुर्घटनामा परि घाइते भएका बैतडीको पाटन नगरपालिका- ८ का वडाअध्यक्ष हरिश बिष्टले ठूला दुर्घटनामा परि घाइते भएका व्यक्तिहरूको उद्धारका लागि सुदूरपश्चिमका पहाडी जिल्लामा चौबीसै घण्टा हेलिकप्टर स्ट्यान्डबाई राख्न अनुरोध गरेका छन् ।

तीनै तहका सरकारलाई बिष्टले गरिब तथा आर्थिक अवस्था कमजोर भएका व्यक्ति तथा ठूला दुर्घटनामा परेका व्यक्तिहरूलाई उपचार सेवा दिन चौबीसै घण्टा हेलिकप्टर स्ट्यान्डबाई राख्ने सुदूरपश्चिम विश्वविद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।

अस्पतालको शय्याबाट बिष्टले फेसबुकमा लेखेका छन् ‘गरीब आर्थिक अवस्था कमजोर भयका दुखमा परेका ठूला समस्याहरू परेका ठुलो दुर्घटना मा परेका उपचार गर्न नसक्ने ब्यक्तिहरूको सहज उपचार गर्न सुदूरपश्चिम विश्वविद्यालय छिटो सञ्चालन गर्न र सुदूरपश्चिमका पहाडी जिल्लामा सेन्टरमा पर्ने ठाउको खोजी गरि हेलिप्याड निर्माण गरि हेलिकप्टर नै २४ घन्टा स्ट्यान्डबाई पाक्नेगरि केन्द्रीय सरकारलाई हरेक जिल्लाबाट निर्णय गरि प्रदेश सरकार मार्फत संघ सरकारलाई माग गरि छिटोभन्दा छिटो उक्तमाग सम्बोधन गराउन पहल चालिदिन हार्दिक अनुरोध गर्दछु।

म एक जना जनप्रतिनिधिको समस्यामा त न नगर सरकारको ध्यान पुग्यो न प्रदेश सरकारको तर जनता कति पीडामा रहेछन् भन्ने बोध म पीडकलाई हुनु स्वभाविक नै हो,तर जनता प्रदेश सरकार बाट किन घृणित भएका रहेछन् भन्ने महसुस मलाई पनि ठुलै महसुस भएको छ। जनप्रतिनिधि हरूले तथा नेतागण हरूले बेलैमा ध्यान पुर्याउनु सकेन भने संघीयता रहन सक्ला भन्नसकिदैन र नेता हुँ जनप्रतिनिधि हुँ भन्नपनि लाज लाग्ने छ ।

सरकारको नजरमा पीडित जनता नपर्नु पिडिए जनताको हालत के होला? झन आसेपासे नातागोता पहुँच भएका हरूको मात्रै यो देश रहेछ भन्ने महसुस भयको छ। संघ सरकार लाई मेरो विनम्र अनुरोध यो प्रथाको अन्त्य गर्न को लागि जस्तो सुकै मूल्य चुकाउनु पर्ने भएपनि कार्यान्वयन को चरमा अगाडि बढाउन हृदयको गहिराइ बाट अनुरोध गर्दछु।’

जेठ २९ गते पाटनबाट खोडपे तर्फ आउने क्रममा वडाअध्यक्ष बिष्ट सवार से १ ब १२९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गैरहेको सुपप्र ०१ ००१ च २६६९ नं जिपले दशरथचन्द राजमार्गमा पर्ने पाटन नगरपालिका ६ स्थित हिरापुर नजिकै ठक्कर दिदा उनीसहित मोटरसाइकलमा सवारमा वडा नम्बर ९ का वडासचिव रामदत्त जोशी घाईते भएका थिए । सचिव जोशी डिस्चार्ज भैसकेका छन् भने बिष्टको बि एण्ड बि अस्पताल ललितपुर काठमाण्डौमा उपचार गराइरहेका छन् ।

 

प्रतिक्रिया