बैतडी : बैतडीको एक बिद्यालय व्यवस्थापन समितिले प्रधानध्यापकसंग कार्य सम्पादन करार सम्झैता गरेको छ ।जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ मा पर्ने शिद्धेश्वर मावि मेल्चोराले बिद्यालय प्रशासनसंग कार्य सम्पादन करार सम्झैता गरेको हाे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत रावलले वडा अध्यक्ष तर्कसिह ठगुन्नाको रहोवरमा प्रअ प्रकाश लोहारसंग सम्झैता गरेका हुन् । बिद्यालयले शिक्षाको गुणस्तर सुधारका लागि बिद्यालय व्यस्थापन समिति, शिक्षक, अभिवावकको भुमीका समेत महत्वपूर्ण हुने भएकाले पहिलो चरणमा प्रअसंग सम्झैता गरेको अध्यक्ष रावलले बताए ।
अब प्रअले शिक्षकसंग करार सम्झैता गर्ने छन् । पाटन नगरपालिका अन्य बिद्यालयले पनि अब करार सम्झैता गर्ने तयारीमा रहेको पाटन नगरपालिका शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले बताए ।
‘हामी सबैको रहर, शिक्षामा गुणस्तर’
शैक्षिक बहसहरुमा ‘गुणस्तरीय शिक्षा’ शब्दावलीले विशेष स्थान पाएको छ । ‘गुणस्तरीय शिक्षा’ हरेक शैक्षिक बहसको मुख्य विषयवस्तु रहेको छ । राजनीतिक पार्टीका चुनावी घोषणापत्रहरुमा पनि गुणस्तरीय शिक्षाका नारा प्रशस्तै पढ्न पाइन्छ । तर, विडम्बना, गुणस्तरीय शिक्षाका हरेक बहस र नाराहरुमा ठोस योजना र कार्यनीति प्रस्तुत भएको देखिँदैन । गुणस्तरीय शिक्षा नारामै सीमित छ ।
प्रतिक्रिया