२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शुक्रबार ०१, असार २०८० ०८:४८
रोटी र भात सँगै खाँदा हुन सक्छ हानी

 

 

एजेन्सी : कतिपय मानिस  रोटीसँग चामल यानिकी भात खान मन पराउँछन् । तर चामल र रोटी सँगै खाँदा शरीरमा केही नोक्सानहरु पनि हुन सक्छन् । जानौं ति हानीहरुका बारेमा –

रोटी र भातमा कार्बोहाइड्रेट र क्यालोरी भरपूर मात्रामा पाइन्छ । त्यसैले रोटी र चामलको सेवन एकसाथ गर्नाले शरीरमा तौल बढ्न सक्छ ।

 रोटी र भातलाई एकैसाथ खाँदा शरीरमा ग्लूकोजको मात्रा बढ्न सक्छ । त्यसैले मधुमेह भएकाहरुले रोटी र भात सँगै खानबाट बच्नु पर्दछ ।
 

पाचनसँग जोडिएका समस्याबाट बच्न चाहनुहुन्छ भने रोटी र भातको सेवन एकसाथ नगर्नुहोस् । भात र रोटीको सेवन एकसाथ गर्दा अपच तथा पेट दुख्ने सम्भावना हुन्छ ।
 रोटी र भातको मात्र सेवन गर्नाले शरीरमा पोषक तत्वहरुको कमी हुन सक्छ । त्यसैले तरकारी तथा दालसँग रोटी वा भात मात्र सेवन गर्नु पर्दछ ।

रातमा राम्रो निद्रा लिन चाहनुहुन्छ भने साँझको खानामा चामल र रोटीलाई एकसाथ नखानुहोस् । रोटी र भात एकसाथ खानाले पाचनमा समस्या आउन सक्छ जसले गर्दा निद्रामा पनि असर पर्दछ ।
 भात र रोटीको मिश्रणले शरीरमा क्यालोरी पनि बढ्न सक्छ । यी दुबै खानामा क्यालोरी भरपूर मात्रामा हुन्छ ।

त्यसैले यसको साथमा सेवन गर्नु स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ ।

प्रतिक्रिया