बैतडी : बैतडीको सतबाँझ बजारममा सिसीटिभी क्यामेरा जडान गरिएको छ बजार क्षेत्रमा चोरी डकैती संगै आपराधिक क्रियाकलापहरूको नियन्त्रणका लागि बिहीबार क्यामेरा जडान गरिएको हो ।
सुर्नया गाउँपालिकाको मुख्य बजार सतबाँझमा ४ ओटा सिसिटिभी क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुवँरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयको समन्वयमा क्यामेरा जडान गरिएको उनले बताए ।
बजार क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम गर्न क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष कुवँरले बताए ।
प्रतिक्रिया