२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ
म उहाँहरुको विवाहमा समेत समावेस हुन्छु, म माथी जातीय विभेदको झुटा प्रचार भइरहेको छ ।

जातीय विभेद भएको भन्दै ज्ञापनपत्र ,  उपप्रमुख चन्द भन्छन् झुटा प्रचार भइरहेको छ

SansherOnline SansherOnline
बिहिबार ३२, जेठ २०८० १२:११
जातीय विभेद भएको भन्दै ज्ञापनपत्र ,  उपप्रमुख चन्द भन्छन्  झुटा प्रचार भइरहेको छ

बैतडी : दशरथचन्द नगरपालिका कार्यपालिका बैठकमा जातीय विभेद भएको भन्दै दलित अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।  

जातीय विभेद गर्ने आशयले दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दले अभिव्यक्ति दिएको भन्दै दलीत अधिकारकर्मिहरुले जेठ ३२ गते प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

जठ २१ गते कार्यपालिका बैठकमा काय कार्यपालिका सदस्य प्रेम दयालले जनप्रतिनिधि भएर दलितले छोएको पानी खादैनन् भनि कुरा उठाउदा उपप्रमुख कौशीला चन्दले पानी खानु आफ्नो व्यक्रिगत अधिकारको कुरा भएको भन्ने प्रतिक्रिया दिएकोप्रति दलित अधिकारकर्मिहरुले बिरोध जनाएका हुन् ।

अधिकारकर्मि कर्ण दयालले भन्नुभयो ‘विभेद झल्कने मानसिकताले उपप्रमुखले उक्त अभिव्यक्ति दिनु जानीय विभेदलाई प्रसय दिनु हो, उहाँले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ ।’

पछिल्लो समय स्थानीय तहहरुले दलित लक्षित कार्यक्रमहरु पनि गर्न छोडेको अधिकारकर्मि सरस्वती नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिले लक्षित बजेट माथीबाटै तोकेर आउथ्यो, अहिले दया गरेर बजेट दिएजस्तो गर्छन ।’

ज्ञापनपज्ञ बुझ्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले उपप्रमुख कौशीला चन्दलाई बोलाएर घटनाको बारेमा बुझ्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘उपप्रमुख र तपाँईहरु सबैलाई बोलाएर घटनाको वास्तविकताका बारेमा छलफल गरौँला, यदी जातीय विभेद गर्ने मनसायले उहाँले अभिव्यक्ति दिनुभएको हो भने उहाँ कारबाहीको भागिदार हुनुपर्छ ।’

के भन्छन् उपप्रमुख ? 

दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दले भने आफुले कुने पनि किसमको जातीय विभेद नगरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘मेरो गाउँमा सबै दती छन्, म उहाँहरुको विवाहमा समेत समावेस हुन्छु, म माथी जातीय विभेदको झुटा प्रचार भइरहेको छ ।’ खाना भने घरमै खाएर आउने गरेको उपप्रमुख चन्दले बताउनुभयो । उहाँले भन्नुभयो ‘पानी नछोएको भन्दा पनि चिसो पानी खादैन थर्मसको तातो पानी पीउँछु, घाँटीको समस्या भएकाले चिसो पानी पीउदैन ।’

मेरो गाडीमै पानीको थर्मस हुन्छ, त्यसमा दलीत गैरदलीत सबै बस्छन्, नपत्याए सोध्दा पनि हुन्छ ।, म त्यही पानी पीउछु तर चिसो पानी नपीएकै कारण मलाई जातीय विभेद गयो भन्दै अतिरंजित गर्न खोजिएको छ ।’

 

 

प्रतिक्रिया