२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ
बैतडी

ओमीक्रोन भेरियन्ट तीव्र गतिमा फैलिए पछि बैतडी प्रशासनले गर्या कडाइ,खोप कार्ड अनिवार्य

SansherOnline SansherOnline
बुधबार २८, पुष २०७८ ०५:१९
ओमीक्रोन भेरियन्ट तीव्र गतिमा फैलिए पछि बैतडी प्रशासनले गर्या कडाइ,खोप कार्ड अनिवार्य

बैतडीः कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बैतडी प्रशासनले कडाइ गरेको छ। प्रशासनले सरकारी कार्यालयमा सेवा लिदा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथ राख्नुपर्ने जनाएको छ।

कोरोना संक्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पुर्याउन खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयका सायक सिडियो एबम सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो।

 गृहमन्त्रालयको निर्देशन अनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोप कार्ड साथमा राख्नुपर्ने सूचना अधिकारी भारतीले बताए।

कोरोनाको ओमीक्रोन भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्न आग्रह गरिएको उनले बताए। यस्तै स्थानीय तहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरेको छ। २५ जना भन्दा बढी भेला नहुनुपर्ने र सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया