२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
सोमबार ०८, जेठ २०८० ०९:०२
देशको इज्जत र गौरव लोप भयो नेताहरूको हर्कतले : पूर्व राजा

धनगढी : पूर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिएको छ। सोमवार धनगढी रङ्गशालामा हजारौं नागरिकले अभिनन्दन गरेका हुन्। पूर्व राजा बुहारी र नातिनीसहित आइतवार धनगढी आइपुग्नु भएको हो। उहाँहरू नेपालगञ्जबाट सडक मार्ग हुँदै धनगढी पुग्नु भएको हो।

राजपरिवारलाई अभिनन्दन गर्न धनगढीमा पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा एक हजार एक सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरिएको थियो। सुरूमा जेठ ६ गते कार्यक्रम तय भए पनि नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्ने भनपछि अभिनन्दन समारोह सोमवारका लागि सरेको हो।

पूर्व राजाले के भन्नुभयोरु

पूर्वराजा ज्ञानेन्द्र शाहले नक्कली भुटानी शरणार्थी प्रकरणले देशको इज्जत र गौरव लोप भएको बताएका छन् ।

राजा शाहले उच्च तहका नेताहरूको यस्तो हर्कतले देशको इज्जत र गौरव लोप भएको बताएका हुन् ।

नेपाली जनतालाई आफ्नो भू भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ। देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ।

शाह पछिल्लो समय भारतको उत्तर प्रदेशको भ्रमण सकेर नेपाल फर्किएका हुन्। लखनऊ जानुअघि उनको नेपालगञ्जमा नागरिक अभिनन्दन गरिएको थियो।

प्रतिक्रिया