बैतडी : जनताको गुनासो सुन्नका लागि दोगडाकेदार गाउँपालिकाले बिहिबारदेखि टोल फ्री नं। प्रयोगमा ल्याउने भएको छ। गाउँपालिकाको सेवा प्रवाह र विकासका बारेमा बुझ्नका लागि सर्वसारधारणले पैसा नलाग्ने फोन नं। १८१०५०००४२२ मा फोन गर्न सक्नेछन्।
‘कर्मचारीले सर्वसाधारणलाई गर्ने व्यवहार र गाउँपालिका हेरक वडामा भएका गरेका विकास निर्माणको बारेमा प्रत्यक्ष जनताको गुनासो सुन्नको लागि टोल फ्री नम्वर प्रयोगमा ल्याउन लागिएको हो,’ दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र बहादुर कार्कीले भने।
नागरिकहरुको सहजताका लागि टोलफ्री सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर धामीले बताए । यस्तै दोगडाकेदार गाउँपालिकाले अडियो नोटिस बोर्ड सेवा सूचारु पनि सुरु गरेको छ । १६१८०७०७०९५०३ नम्बर डायल गरि अडियो नोटिस बोर्ड सेवा सुन्न सकिने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया